सेयरधनीलाई लाभांश नदिएको कालिञ्चोक दर्शनको व्यवस्थापन खर्च ४ करोड ६२ लाखमाथि, सिईओ र संचालकको तलव भत्ता कति ?

अर्थकागज
प्रकाशित: २२ पुस २०८०
Image description

काठमाडौं । सेयरधनीलाई लाभांश नदिएको कालिञ्चोक दर्शन लिमिटेडले कर्मचारी र कार्यालय संचालन खर्चमा खुलेरै खर्च गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७९/०८० को नवौं वार्षिक प्रतिवेदन अनुसार कम्पनीले कर्मचारीको लागि मात्रै १ करोड १६ लाख १३ हजार ७३ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी कम्पनीले कार्यालय संचालनमा (ह्रास कट्टि समेत) ३ करोड ४६ लाख ३५ हजार १९५ रुपैयाँ खर्च गरी कुल व्यवस्थापनमा ४ करोड ६२ लाख ४८ हजार २६८ रुपैयाँ खर्च गरेको छ ।

बार्षिक प्रतिवेदन अनुसार कम्पनीका संचालकहरुले तलव भत्ता वापत कुल ५ लाख ६२ हजार रुपैयाँ बुझेका छन् । कम्पनीको संचालकमा बालकृष्ण शिवाकोटी, गुरु प्रसाद अधिकारी, रमेश राज शिवाकोटी, डिल्ली प्रसाद शिवाकोटी र थानेश्वर बस्याल रहेका छन् ।

गत आर्थिक वर्षमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले तलव मापत १६ लाख २० हजार रुपैयाँ, संचय कोष १ लाख ५ हजार ३ सय रुपैयाँ, दशैं भत्ता ८६ हजार ७५० रुपैयाँ लिएको छन् । सिइओले गाडी सुविधा, चालक, मोवाईल खर्च, बीमा र ऐन बमोजि बोनस समेत लिएका छन् । कम्पनीको सिईओमा भने अशोक शिवाकोटी रहेका छन् ।

कम्पनीले पुष २६ गते विहीबार रोयल लाउन्ज ब्याङ्क्वेटमा एण्ड रेस्टुरेन्ट तिनकुने काठमाडौंमा विहान ११ : ३० बजे साधारणसभा बोलाएको छ । सेयरधनीलाई भने लाभांश दिएको छैन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर