पटक पटक भूकम्पको धक्का

अर्थकागज
प्रकाशित: ०४ कात्तिक २०८०
Image description

काठमाडौं ।धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको हो ।  अहिले सम्म ६ पटक भुकम्पनको धक्का महसुस गरिएको छ ।  

पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ। सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आएपछि त्रासको अवस्था सिर्जना भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर