कति बढ्यो सार्वजनिक यातायातको भाडादर ?

अर्थकागज
प्रकाशित: २२ पुस २०८१
Image description

काठमाडौँ। सार्वजनिक यातायातको भाडा महंगिएकाे छ । सरकारले पुस २२ गते अथवा आजैबाट लागु हुने गरी भाडादर बढाएकाे हाे । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधन दुबैको भाडा वृद्धि गरेकाे हो । यसअघि, २०८०काे साउन ३१मा भाडा समायोजन गरिएकाे थियाे । सोमबार तोकिएको नयाँ भाडा दर अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ । यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशतले वृद्धि गराइएकाे छ । विभागका अनुसार तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा भने ०.०५ प्रतिशतले बढाउने निर्णय भएकाे छ । त्यस्तै, यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर