सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच National Card Switch अन्तर्गत NEPAL PAY Card नेटवर्कका लागि सम्झौता

अर्थकागज
प्रकाशित: २७ पुस २०८२
Image description

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL)  बीच NPS-National Card Switch  अन्तर्गत Domestic Card Scheme -NEPALPAY Card को प्रमुख सदस्यताको लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रानुसार NPS-National Card Switch लाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो । सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत श्री हेम राज संज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर