आज माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने अन्तिम दिन

अर्थकागज
प्रकाशित: २२ असोज २०८०
Image description

काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज १८ गतेदेखि आज अर्थात असोज २२ गते सम्मको लागि आईपीओ बिक्री खुला गरेकोले कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १०% अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आइपीओ ल्याएको हो ।

सीडीएसका अनुसार यसमा असोज २१ गते साँझ ५ः०७ बजेसम्म ९ लाख ५७ हजार ७१६ जना आवेदकले १ करोड ७ लाख ६८ हजार १६० कित्ताको लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा ८.३८ गुणा बढी आवेदन हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर