सर्वोत्तम सिमेन्टको नाफामा ५७२ प्रतिशतको छलाङ्ग, १ अर्ब बढि खुद मुनाफा

अर्थकागज
प्रकाशित: ०१ भदौ २०८२
Image description

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा कम्पनीले १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ९३ लाख रुपैयाँमात्र नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४९.८७ प्रतिशत बढेर ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी बढेर २० रुपैयाँ १९ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ । ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर