चौध वर्षदेखि अलपत्र त्रियुगा नदीको पुल
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ बेल्ही गाउँबाट सोी वडाको सिवाई गाउँ जोड्ने त्रियुगा नदीको पुल ठेकेदारले १४ वर्षदेखि अलपत्र अवस्थामा छाडेका छन ।
२०६३ सालमा ८ करोड ६३ लाख रुपैयामा ठेक्का सम्झौता भए पनि निर्माण कार्य भने २०६६ सालदेखि गरेको तर निर्माण सम्पन्न नहुँदै गुणस्तरही ननिर्माण सामाग्री प्रयोग गरेको र फाउण्डेसन नै कमजो भएका कारण २०७८ असारमा पुलको दक्षिण तर्फको भागनै भत्केर अहिलेसम्म अलपत्र रहेको छ ।
महलक्षी लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाण्डौले निर्माण सम्झौता गरेको सो पुल मर्मत संभार नहुँदा स्थानीयलाई त्रियुगा नदीबाट आवत जावत गर्न वर्षा र हिउँदमा समेत ठूलो समस्या हुने गरेको छ । हिउँदका समयमा समेत घुँडामाथि पानी तरेर नदी तर्नु पर्ने बाध्यता रहेको छ भने वर्षाका समयमा बाढी वारपार हुने गरेको कारण तर्न सक्ने सक्भव नै हुँदैन चौदण्डी नगरपालिका ५ का वडाध्यक्ष तुलसी ढकालले बताए ।
जनता समाजवादी पाटीकी प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समितिकी सदस्य माननीय सुशीला श्रेष्ठले सो भत्केको पुलको स्थलगत रुपमा अवलोकन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत साउन १३ गते उदयपुरका जनप्रतिनिधि सहित सर्वदलिय बैठक भएको जानकारी दिंदै उक्त पुलको मर्मत संभारकालागि आफूले पुनः सम्बन्धित मन्त्रीलाई र सचिव ज्यूलाई भेटेर कुरा राख्ने बताउनु भयो ।
यस विषयमा पुलको काम हेर्ने जिम्मेवारी पाएको गाईघाट दिक्तेल सडक योजनाका योजना प्रमुख डिई संजय मिश्रले भत्केको पुलको मर्मत संभारकालागि सडक विभागमा कागजात पुगि सकेको हुँदा यसै वर्ष पुलको काम हुने बताए ।
उदयपुरको निर्वाचन क्षेत्र नं १ क बाट विजयी प्रदेशसभा सांसद राजन किराती र संघीय सांसद डा. नारायण खड्काले पनि यस पुलको मर्मत संभारकालागि आवाज उठाउन नसकेको स्थानीयले बताएका छन् ।
त्रियुगा नदीमा पुल नहुँदा स्थानीय जनताले ठूलो समस्या व्यहोर्नु परेको र हिउँदका समयमा चौदण्डीगढी नगरपालिकाले वार्षिक mकरीब २० लाख रुपैया अस्थायी बाटो बनाउन खर्चिने गरेको र उक्त रकम बालुवामा पानी हाले झैँ भएको स्थानीयले गुनासो गरेका छन् । वडा नं ५ को बेलहबिाट सिवाई जोड्न अहिले त्रियुगा नदीमा अस्थायी रुपमा होम पाइव राखेर बाँध जस्तो बनाएर साना सवारी साधन र मानिस आवत जावत गरेका छन् । तर वर्षा लागेपछि बाढीले भत्काउने भएकोले वर्षाका समयमा आवत जावत गर्न समस्या हुने गरेको स्थानीय अधिकार कर्मी सिर्जना सरोबरले बताइन ।
यसैगरी चौदण्डीगढी नगरपालिकाको ९ नं वडाको ज्यामिरेबाट सोही वडाको हडिया गाउँ पुग्न पनि यस्तै समस्या रहेको छ । यस ठाउँमा हडियाका स्थानीय युवाहरुले ४ सय घना बासको फड्के बनाएर मानिस हिड्न मिल्ने अस्थायी पुल बनाएका छन् । सोही ठाउँ नजिक ९ नं वडाको बजेटमा त्रियुगा नदीमा होम पाइप राखेर बाँध जस्तो बनाएर साना सवारी चल्न सक्ने बाटो बनाइएको छ । हिउँदका समयमामात्र मोटर साइकल। जीप, टेम्पो लगायतका साधन चल्छ तर वर्षाका समयमा बाढीले बाँध बगाएपछि भने सबैले सास्ती व्यहोनुृ पर्ने वडाध्यक्ष प्रकाश राउतले बताए ।
चौदण्डीगढी नपाकै १० वडाको हडिया गाउँमै जान पनि सोही समस्या रहेको छ । १० नं वडाध्धक्ष धर्मेन्द्र कुमार खड्काले त्रियुगा नदीमा पुलका लागि स्थानीय जनताले संघीय साँसद डां नारायण खड्कालाई पटक पटक नै भेटेर कुरा गरेको तर टेर पुच्छर नलाएको बताए । देवधार गाउँबाट हडिया जानकालागि त्रियुगा नदीको घुँडामाथिको पानी हेलेर जानु पर्ने अवस्था रहेको बताउँदै वडाध्यक्ष खड्काले फड्के बनाइएको ठाउँबाट चार किलोमिटर पश्चिम चौदण्डीगढी–१०को देवधार क्षेत्रमा त्रियुगा नदीमाथि पक्की पुल निर्माण हुने भएको छ । देवधार गाउँबाट हँडिया जोड्ने सो पुल निर्माणका लागि हालै ठेक्का लागेको वडाध्यक्ष खड्काले जानकारी दिए ।
तीन सय ३० मिटर लामो हुने सो पुल धरानको सूर्य एन्ड सन्स निर्माण कम्पनीले एक करोड ५० लाख रुपियाँमा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का–सम्झौता भएको छ ।
‘तिहारपछि काम सुरु हुने कुरो छ,’ त्रियुगामा नयाँ पुल निर्माण हुन लागेको जानकारी दिँदै वडाध्यक्ष खड्काले भने, ‘हेरौँ यो पुल कस्तो बन्छ‘ योजनाअनुसार समयमै बन्छ कि यसको कथा पनि सिवाइ पुलको जस्तै हुन्छ ?’समय मै पुल निर्माण सम्पन्न हुनेमा वडाध्यक्ष खड्कालाई चिन्ता लागेको छ ।
Shares