स्वस्तिक लघुवित्तको आईपिओ भर्नुभयो ? आज अन्तिम दिन
प्रकाशित:
०२ भदौ २०८२
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३० गतेदेखि निश्कासन गरेको आइपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्रसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ९५ हजार ५९५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । साथै, ०.५० प्रतिशतले हुने १ हजार १ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुने ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।
कहाँबाट आवेदन दिने ?
आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल ईन्भेष्टमेन्ट रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares