देउवाले दिए बालेनलाई बधाई

अर्थकागज
प्रकाशित: १२ चैत २०८२
Image description

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

देउवाले सामाजिक सञ्जाल मार्फत बालेनलाई बधाई दिदै आजै नियुक्त भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना दिएका छन् ।

चुनाव अघि उपचारका लागि सिंगापुर गएका देउवा हाल हङकङमा रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर