बढ्यो रु रु जलविद्युतको नाफा, बिद्युत बिक्रि आम्दानी १३ करोड


काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।
असार मसान्तसम्ममा परियोजनाले बिद्युत बिक्रिबाट १३ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९२ प्रतिशत बढि हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी १३ करोड ४९ हजार रुपैयाँ थियो।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ८८ लाख रुपैयाँ नाफामा रहेको कम्पनीको समिक्षा अवधिमा यस्तो नाफा ७.०७ प्रतिशतले बढेर ७ करोड ३६ लाख रुपैयाँ पुगको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर बढेर १४ रुपैयाँ ९३ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.७४ गुणा रहेको छ। ४९ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १८ करोड २४ लाख रुपैयाँ सञ्चित छ।
Shares