१५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा, कुन कम्पनीको कति कित्ता ?

अर्थकागज
प्रकाशित: ०४ असोज २०८०
Image description

काठमाडौं । सेयर बजारमा १५ वटा कम्पनीको साधारण सेयर (आईपीओ) पाइपलाइनमा रहेको छ । १५ वटा कम्पनीले आईपीओ निश्कासनको लागि सेयर धितोपत्र बोर्ड (सेवोन) को अनुमति कुरिरहेका छन् ।

कुन कम्पनीको कति कित्ता ?

हिम स्टार उर्जा कम्पनी लिमिटेड

हिम स्टार उर्जा कम्पनी लिमिटेडले आयोजना स्थानीय प्रभावितको लागि ११ लाख १९ हजार कित्ता सेयर निश्कासनको लागि सेवोनमा आवेदन दिएको छ । सेयर निश्कासनको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई सेयर बिक्री प्रबन्धकमा तोको छ । कम्पनीले २०८० साल जेठ ३१ गते सेवोनमा सेयर निश्कासनको लागि आवेदन दिएको छ ।

डिश मिडिया नेटवर्क लिमिटेड

डिश मिडिया नेटवर्क लिमिटेडले सर्वसाधारणसको लागि १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निश्कानसको लागि २०८० असार १२ गते सेवोनमा निवेदन दिएको छ । आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई तोकेको छ ।

आईएमई लिमिटेड

आईएमई लिमिटेडले सर्वसाधारणको लागि १० लाख कित्ता आईपीओ जारी गर्नको लागि २०८० असार २९ गते सेवोनमा निवेदन दिएको छ । आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई तोकेको छ ।

दरमखोला हाइड्रो इनर्जी लिमिटेड

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले ३९ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नको लागि २०८० भदौ ५ गते सेवोनमा निवेदन दिएको छ । सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिट लिमिटेडलाई तोकेको छ ।

भुजुङ हाइड्रोपावर लिमिटेड

यस कम्पनीले १४ लाख ५५ हजार कित्ता आईपीओ निश्कासनको लागि २०८० भदौ १३ गते सेवोनमा निवेदन दिएको छ । सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई तोकेको छ ।

हिमालयन रि–इन्स्योरेन्स लिमिटेड

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणको लागि ३ करोड कित्ता सेयर आईपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले २०८० भदौ २६ गते सेवोनमा निवेदन दिएको छ । सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई तोकेको छ ।

सान्वी इनर्जी लिमिटेड

यस कम्पनीले ३७ लाख ९० हजार कित्ता आईपीओ निश्कासनको लागि २०८० भदौ २७ गते सेवोनमा निवदेन दिएको छ । सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडलाई तोकेको छ ।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेड

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले ७ लाख ७० हजार ६४० कित्ता आईपीओ बुक बिल्डिङबाट निश्कासन गर्न लागेको छ । कम्पनीले २०७९ साल असार ३१ गते सेवानमा अन्तिम निवदेन दिएको छ । सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई तोकेको छ ।

सर्वोत्तम सिमेन्ट लिमिटेडल

सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ प्रक्रियाबाट २४ लाख कित्ता आईपीओ निश्कासनको लागि २०७९ साल असार २८गते सेवोनमा अन्तिम निवेदन दिएको छ । सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई तोकेको छ ।

एकर्ड फार्मास्युटिकल्स लिमिटेड

यस कम्पनीले ७ लाख ६ हजार ९०९ कित्ता आईपीओ निश्कासनको लागि २०७९ साल पुस ४ गते सेवोनमा निवेदन दिएको छ । सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई तोकेको छ ।

नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेड

यस कम्पनीले २०७९ पुष २२ गते १३ लाख ७५ हजार कित्ता आईपीओ निश्कासनको लागि सेवोनमा निवेदन दिएको थियो । सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

ट्रेड टावर लिमिटेड

ट्रेड टावर लिमिटेडले ११ लाख ५८ हजार ९८० कित्ता सेयर निश्कासनको लागि २०७९ असार १४ गते सेवोनमा निवेदन दिएको छ । सेयर विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेडलाई तोकेको छ ।

मुक्तिनाथ कृषि कम्पनी 

यस कम्पनीले १४ लाख कित्ता आईपीओ जारी गर्नेको लागि २०७८ फागुन २० गते सेवोनमा निवेदन दिएको छ । सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई तोकेको छ ।

सानिमा हाइड्रोपावर लिमिटेड

सानिमा हाइड्रोपावर लिमिटेडले १४ लाख ७० हजार कित्ता सेयर निश्कासनको लागि २०८० जेठ २६ गते सेवोनमा आवेदन दिएको छ । सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई तोकेको छ ।

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले ७ लाख ५० हजार कित्ता आईपीओ निश्कासनको लागि २०८० जेठ २८ गते सेवोनमा निवेदन दिएको छ । सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई तोकेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर