बुक बिल्डिङ प्रणाली ठिक कि बेठिक ?
रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डि प्रणालिबाट जारी गर्न लागेको आईपीओ शेयर स्थगित भएको छ । रिलायन्स स्पिनिङ मिल्स कम्पनीले नक्कली वासलात बनाई बढि मुल्य कोट गरेको भन्ने सरोकारवालाहरुको भनाइ रहेका छन् । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ मार्फट प्रति कित्ता शेयरको रु ८४०. ८० मा बिक्री गर्न लागेको थियो । बुक बिल्डिङ प्रणालि बाट आईपीओ खरिद गर्न सर्ब साधारण लगानीकर्ताहरुले न्युनतम ५० कित्ता शेयरको लागि आबेदन दिनु पर्दछ । त्यसोत पछिल्लो समयमा बिभिन्न उत्पादन मुलक कम्पनीहरुले बुक बिल्डिङ प्रणालीबाट आईपीओ शेयर बिक्री गर्ने लागि परेको देखिन्छ । यसभन्दा पहिले पनि सर्बाेत्तम सिमेण्टले बुक बिल्डिङ प्रणालिबाट आईपीओ शेयर जारी गरिसकेको छ । त्यसोत बुक बिल्डिङबाट आईपीओ शेयर जारी गर्ने कम्पनीहरुले बढि मुल्य राख्ने गरेको बताउँछन सरोकारवालाहरु । त्यसैगरि बुक बिल्डिङ प्रणालिबाट आईपीओ शेयर खरिद गर्ने सस्थागत लगानीकर्ताहरुले पनि बढि मुल्य कोट गर्ने गरेको बताउँछन जानकारहरु । यस कारणले पनि सर्बसाधारण लगानीकर्ताहरुले बढि मुल्य तिर्न परिरहेको छ भन्दा पनि फरक नपर्ला । त्यसोत कम्पनीहरुले बढि मुल्य राख्नको लागि आफ्नो वासलातमा नक्कली तथ्याङकहरु कम्पनी नाफामा रहेको देखाउने गरेको र शेयर जारी भैसके पछि कम्पनि घाटा जाने गरेको देखाउने गरेको बताउँछन जानकारहरु ।
त्यसोत पछिल्लो समयमा बुक बिल्डिङ प्रणालिबाट मात्र नभइ कम्पनीहरुले प्रिमियममा पनि आईपीओ शेयरहरु जारी गर्नेहरुले पनि नक्कली वासलात बनाउन गर्ने गरेको बताउछन जानकारहरु । पछिल्लो समयमा बुक बिल्डिङ र प्रिमियममा आईपीओ शेयर जारी गर्ने गरेको कारणले सर्बसाधारण लगानीकर्ताहरुले रु १ सयको आईपीओ शेयरमा रु १ सय भन्दा बढि तिर्न परिरहेका छन् । त्यसोत आईपीओ बिक्री गर्नको लागि अनुमति दिने सेबोन पनि कमिशनको चक्करमा पर्ने गरेको बताउँछन सारोकारवालाहरु । रु १ सयको आईपीओ शेयरहरुलाइ बुक बिल्डिङको, प्रिमियमको र एफपिओ शेयरको रु १ सय भन्दा बढि मुल्य तिर्न परिरहेका छन सर्ब साधारण लगानीकर्ताहरुले गरिरहेका छन् ।
त्यसोत रु १ सयको आईपीओ शेयरको पनि रु १ सयभन्दा बढि तिर्न परिरहेता पनि यसे शेयरहरुमा लगानीकर्ताहरुको आकर्षण भने रहेका छन भन्दा पनि फरक नपर्ला । कुनै पनि कम्पनीको आईपीओ शेयर जारी भएमा शेयर खरिदको लागि लगानीकर्ताहरुको भिड नै लाग्ने गरेका छन् । कम्पनीहरुले माग गरे भन्दा बढि आबेदन पर्ने गरेका छन् । कहिले काही त मेरो शेयरबाट आबेदन दिदा मेरो शेयरमा ट्राफिक जाम भए जस्तै जाम हुने गरेका छन् । पछिल्लो समयमा प्राथमिक शेयरहरुमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको देखिन्छ । डिम्याटमा आबद्ध हुनेहरुको सख्या नै ६५ लाखको आराहारीमा पुगिसकेको सम्बन्धित सरोकारवालाहरु बताउँछन । यसकारणले पनि आईपीओ शेयरमा लगानीकर्ताहरुको आकर्षण रहेका देखिन्छ । आईपीओ शेयर जारी हुँदा जस्तो सुकै कम्पनीको भए पनि जति नै मुल्य भए पनि शेयर खरिद गर्नेहरुको भिड नै लागेका हुन्छन अनि यसको लाभ कम्पनीहरुले र सबोनले लिने गरेका छन बढि मुल्य राखेर । त्यसोत आईपीओ शेयर खरिद गर्दा आईपीओ जारी गर्ने कम्पनीको बारेमा जानकारी लिएर मात्र खरिदको लागि आबेदन दिन पर्दछ भनेर बिज्ञहरु बताउँछन् ।
त्यसोत पछिल्लो समयमा रु १ सयमा आईपीओे शेयर खरिद गर्न नपाउने हो कि भनेर चिन्ता लिने गरेका छन् । पछिल्लो समयमा आईपीओ शेयर जारी गर्ने गरेका कम्पनीहरुले बुक बिल्डिङ मार्फत प्रिमियम जोडेर आईपीओ शेयर जारी गर्ने गरिरहेका छन भन्दा पनि फरक नपर्ला । त्यसोत सहि मुल्यमा आईपीओ जारी गर्ने भए बुक बिल्डि प्रणालिलाई राम्रो मान्न सकिन्छ । तर पनि बुक बिल्डिङ प्रणालिबाट आईपीओ जारी गर्दा सर्ब साधारण साना लगानीकर्ताहरु भने आईपीओ शेयर खरिद गर्नबाट बन्चित हुने त होइन जस्तै भइ रकेका छन् ।
Shares