किसान लघुवित्त र जाल्पा लघुवित्तको सेयर कारोबार रोक्का
प्रकाशित:
०९ असार २०८१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । यी दुई लघुवित्त एक आपसमा मर्ज भइ एकीकृत कारोबार सुरु गर्नका लागि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । यी दुई लघुवित्तले मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा यही असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। सोही प्रयोजनार्थ ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा ९ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गरिएको हो । यिदुई लघुवित्तले गत जेठ २९ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती दिएको थियो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares