नेपाल पुनर्वीमा कम्पनीको ५ लाख कित्ता सेयर बिक्रिमा, मूल्य कति ?

प्रकाशित:
१६ कात्तिक २०८०

नेपाल पुनर्वीमा कम्पनी लिमिटेडका संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रि गर्न लागिएको छ । कम्पनीले यस अघि नै बिद्यमान सेयरधनीहरुका लागि ३५ दिने सूचना प्रकाशन गर्दा कुनै पनि आवेदन नआएकाले अब सबैले आवेदन दिन सक्नेछन् ।
सेयर किन्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आज कार्तिक १६ गते विहिबारदेखि कार्तिक २० गतेसम्ममा एनआईशि एसिया क्यापिटलको कार्यलयमा गई आवेदन दिन सक्नेछन् । उक्त लिलामी सेयरको न्यूनतम मूल्य २७७ रुपैयाँ तोकिएको छ ।
इच्छुक आवेदकले न्यूनतम २७७ वा सो भन्दा बढि मूल्य राखि आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम २ लाख कित्तादेखि अधिकतम ५ लाखै कित्ता सम्मको आवेदन दिन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares