पुवा खोला-वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

अर्थकागज
प्रकाशित: १० माघ २०८०
Image description

काठमाण्डौ । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता साधारण आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनको लागि एलएस (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता-पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिधूत आयोजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर