नेपाल एसबिआई बैंक एसियन बैंकिङ एण्ड फाइनास सिंगापुरद्वारा सम्मानद्वारा सम्मानित

अर्थकागज
प्रकाशित: १८ असार २०८३
Image description

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुर स्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (ABF)  द्धारा होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ' Nepal Domestic Liquidity Management Bank of the Year', 'Nepal Domestic Trade Finance Bank of the Year' तथा रिटेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत 'Domestic Retail Bank of the Year- Nepal'  र “SME Bank of the Year- Nepal”  बाट सम्मानित भएको भएको छ । 

यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिने बैंकले जनाएको छ । 

बैंकले विज्ञप्ती मार्फत भनेको छ-' यस अवसरमा हामीप्रति निरन्तर विश्वासका साथ सहकार्य गर्नुहुने हाम्रा आदरणीय सेयरधनी तथा ग्राहकहरूमा हार्दिक आभार व्यक्त गर्दछौं । साथै, हाम्रो उन्नति र सफलतामा महत्वपूर्ण भूमिका खेल्नुहुने नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । यसले हामीलाई हाम्रा सेवाहरू अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन प्रेरित गर्दछ ।'

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

 



प्रतिक्रियाहरू

सम्बन्धित खबर