आशा लघुवित्तको नाफामा बृद्धि, वितरणयोग्य मुनाफा ६१ प्रतिशतले बढ्यो
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा बृद्धि देखिएको छ ।
समिक्षा अवधिमा लघुवित्तले ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.३७ प्रतिशतले बढि हो । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ३० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ७१.५७ प्रतिशतले बढेको छ त्यस्तै लघुवित्तको खुद सञ्चालन आम्दानी १६.३४ प्रतिशतले बढेर ५ करोड ४९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा ४.९३ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ ।
त्यस्तै चैत्र मसान्तसम्मा लघुवित्तको वितरणयोग्य मुनाफा ६१ प्रतिशतले बढेर १२ करोड ३३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ९९ पैसा रहेको छ ।
Shares