निफ्राको ६ लाख कित्ता सेयर बिक्रिमा, कसरी दिने आवेदन ?
नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले ६ लाख कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज आईतबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरिएको छ।
बैंकका सेयरधनी बोधप्रसाद त्रिपाठीले आफ्नो स्वामित्वमा रहेको ६ लाख कित्ता सेयर बिक्रिका लागि बैंकमा निवेदन दिएका हुन् ।
संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यलय नयाँ बानेश्वर काठमांडौमा आवेदन दिन आग्रह गरेको छ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।
प्रतिक्रियाहरू
sunil rai
2 years ago
मलाइ दिनुहोश
Shares