दुई दिन एनआईएमबी बैंकको सेवा अवरुद्ध हुने
प्रकाशित:
२४ जेठ २०८१
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को डिजिटल बैंकिङ सेवा दुई दिनका लागि अवरुद्ध हुने भएको छ ।
बैंकको कोर बैंकिङ सिस्ट (सीबीएस) को डेटा सेन्टर परीक्षणसम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज (जेठ २५) राति ११ बजेदेखि ११.३० बजेसम्म र शनिबार (जेठ २६) राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।सो समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कार्ड, एटिएम, पीओएस तथा इन्टरबैंक ट्रान्सफरलगायतका कारोबार नचल्ने बैंकले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares