सागर डिष्टिलरीको आईपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओ भदौ ६ गते बाँडफाँट गरिएको छ ।
कम्पनीले साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरिएको आईपिओ बाँडफाँट गरिएको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।
रितपुर्वक आवेदन दिने १४ हजार ५ सय २० आवेदकहरुर्ला समान १० कित्ताका दरले आईपिओ बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
बाँडफाँडमा परेका शेयरहरुको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको Website: www.muktinathcapital.com, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित website: iporesult.cdsc.com.np/meroshare.cdsc.com.np बाट हेर्न सकिने छ ।
Shares