सेयर बजार बुम-बुम ! ५४.५४ अंकले बढेको बजारमा ८ अर्बको कारोबार
काठमाडौँ । सेयर बजार मंगलबार (आज) बुम बुम भएको छ । बजार ५४.५४ अंकले बढ्दा नेप्से इन्डेक्स २ हजार १७५.१७ अंकमा उक्लिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । १३ वटै उपसूचक धनात्मक हुँदा अधिकांश उपसूचक २ प्रतिशत माथिले बढेका छन् ।
फाइनान्स समूह ४.७५ प्रतिशतले बढेको छ भने इनभेष्टमेन्ट समूह ३.७० प्रतिशतले, हाइड्रोपावर समूह ३.५१ प्रतिशतले र माइक्रोफाइनान्स समूह ३.०२ प्रतिशतले बढेको छ । अरु बाँकी उपसमूह २ प्रतिशत कमले बढेका छन् ।
आज बुटवल पावर कम्पनी लि, युनाइटेड मोदीस हाइड्रोपावर लि, हिमालयन पावर पार्टनर लि, एनआरए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि र नेपाल वेयरहाउजिङ्ग कम्पनी लि.को सेयर मूल्यमा सर्किट लागेको छ भने डेढ दर्जन कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतमाथिले बढेका छन् ।
घट्दो बैंक ब्याजदर र प्राप्त तरलताका कारण बजार बुम–बुम भएको लगानीकर्ताहरुले बताएका छन् ।
प्रतिक्रियाहरू
Rk mahato
2 years ago
Good
Shares