मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: १९ मंसिर २०८०
Image description

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । बैंकले १८ औं वार्षिक साधारण सभा पुस १४ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेदेखि बोलाएको हो ।

सभाले चुक्ता पूँजीको ०.५० प्रतिशत (५० लाख ७५ हजार सात रुपैयाँ) नगद लाभांश कर प्रयोजनका लागि र ९.५० प्रतिशत (नौ करोड ६४ लाख २५ हजार १३६ रुपैयाँ) बोनश शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । सभाले गत आवको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह वितरण पारित गर्नेछ ।

त्यस्तै, लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक तोक्ने, कम्पनीको प्रबन्धपत्रमा आवश्यक परिमार्जन गरिने, यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न संचालक समितिलाई अख्तियारी दिने लगायतका एजेण्डा रहेका छन् । बैंकले मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर