दार्चुलाको मालिकार्जुन-४ हुनैनाथको दुबाचौड बस्तीमा खानेपानी अभाव, एक गाग्री पानी थाप्न दिनभर लाइनमा

अर्थकागज
प्रकाशित: ०२ मंसिर २०८०
Image description

 दार्चुला।दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथको दुवाचौड बस्तीमा खानेपानीको अभाव भएको छ । रैथाने पानीका मुलहरु सुक्दै जाँदा दुबाचौडमा खानेपानीको समस्या हुन थालेको हो ।

दशकौदेखि खानेपानीको समस्या रहेको दुबाचौड बस्तीमा २०७२ को भुकम्पपछि रैथाने पानीका मुलहरु पनि सुक्दै गएपछि खानेपानीको अभाव भएको स्थानिय गोमती धामीले अर्थ कागजलाई बताए ।

बस्तीमुनि रहेको पानीको मुहान सुक्दै गएपछि दिनभर लाइन बस्दा पनि पानी पाउनै मुश्किल भएको स्थानिय धामीले सुनाए ।

हालसम्म वर्षाातको समयमा आउने (फुट्ने) नयाँ मुहानबाट खानेपानी आर्पुती गर्दै आएकोमा विगत एक सातादेखि खानेपानी अभाव हुन थालेको उनले बताए ।

आधारभुत आवश्यकताभित्र पर्ने खानेपानी बहुदल हुदै गणतन्त्र र नजिकै सिंहदरवार पुगे पनि दुवाचौड बस्तीका स्थानियहरुको पुरानै दिन झै सधै खानेपानी बोक्नुपर्ने बाध्याता रहेको उनको भनाई छ।

घरका एक दुई जनाको डिउटी खानेपानी बोक्नमै छ, अन्य आयआर्जनका कार्य कसरी गर्ने अर्का स्थानिय रुद्रसिह धामी बताए । चुनावको बेला विभिन्न राजनितिक दलहरुले खानेपानीको व्यवस्थापन गरिदिने भनि पटक पटक आश्वासन दिएपनि हालसम्म केहि गर्न नसकेको उनले बताए ।

खानेपानी योजनाको माग पटक पटक गर्दा पनि कुनै निकायबाट सम्बोधन नभएको स्थानियहरुले बताएका छन् । त्यस्तै गाउँपालिका संग अनुरोध गर्दा पनि केहि समय पछि वृहत खानेपानीबाट सम्बोधन हुन्छ भनेर टार्दै गरेको हो स्थानियहरुले दुखेसो पोखेका छन् । गाउँपालिकाले भने वृहत खानेपानी आयोजनाबाट मालिकार्जुन गाउँपालिकाभरीको समस्या सामाधान गरिने जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर