सूर्यज्योति लाइफले गर्यो ७ अर्ब १४ करोड ३० लाखमाथि बीमाशुल्क आर्जन
प्रकाशित:
२८ साउन २०८०
काठमाडौं । साविकको सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७ अर्ब १४ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १६.१० प्रतिशतले धेरै हो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद नाफा भने ३६.१२ प्रतिशतले घटेर २९ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । यो बीमांकिय मूल्यांकन अघिको नाफा हो ।
कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ, बीमालेख धितोमा ३ अर्ब ६७ करोड ६३ लाख रुपैयाँ लगानी गरी ३३ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
दुई कम्पनीबीच मर्जर पश्चात चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । यस्तै कम्पनीको जगेडा कोषमा २ अर्ब ४८ करोड ५० लाख रुपैयाँ, जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड १६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३२ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले यस अवधिमा ११ लाख ३० हजार ५७५ वटा बीमालेख जारी गरी ७ अर्ब ३४ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १३ पैसा, प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ६०.२३ गुणा रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares