हिमालयन बैंकको एफपीओ आजदेखि बिक्री खला, मूल्य कति ,

अर्थकागज
प्रकाशित: ३१ असार २०८२
Image description

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज (असार ३२ गते) देखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ ।

बैंकले असार २२ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १५७ रुपियाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।

बैंकले जारी पुँजीको कम्तीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार एफपीओ निष्कासन गरेको हो ।

एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता सेयर कायम हुनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

निष्कासन बन्द साउन ४ गते हुनेछ । यद्यपि, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म म्याद थपिनेछ ।बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटलले गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर