शुक्रबार समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँड !

प्रकाशित:
२७ कात्तिक २०८१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपिओ) बाँडफाँड शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार एफपिओ बाँडफाँड हुने भएको छ । ठाउँ र समय भने तोकिएका छैन् । कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म निश्कासन एफपिओमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको छ । एफपिओमा १४ लाख ४२ हजार ४२० जनाले कुल २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ३५ हजार ९० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ७ हजार ३३० जनाको भने हात खाली हुनेछ माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट एफपिओ बाँडफाँट हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares