दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुन कम्पनीको कति लाभांश ?


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । माउन्टेन इनर्जी र नेशनल लघुवित्त लिमिटेडले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि फागुन ३० गते बुकक्लोज गर्ने भएकाले यी कम्पनीका आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।
नेशनल लघुवित्तले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।
त्यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १३ गते साधारण सभा बोलाएको छ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।
Shares