स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज, २५.५० प्रतिशत लाभांश पारित हुने

अर्थकागज
प्रकाशित: २५ मंसिर २०८१
Image description

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश प्रस्ताव पारित गर्न आज मंगलबार मंशिर २५ गते ३८ औँ साधारण सभा बस्दैछ ।

बैंकको ३८ औँ वार्षिक साधारणसभा आज मंशिर २५ गते बिहान ९ः३० बजेदेखि आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सुरु हुनेछ । सभाले बैंकको ६.५० बोनस सेयर र कर प्रयोजनसहित १९ नगद गरी कुल २५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव समेत पारित गर्नेछ । ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १२ गते बुक क्लोज भएकाले मंसिर ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर