मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आजै सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
प्रकाशित:
२८ माघ २०८०
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समिक्षा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा छलफल गर्न आज सोमबार साँझ कार्यलय समयपछि सञ्चालक समितिको बैठक बोलाइएको छ ।
स्रोतका अनुसार सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा आजै साँझ सार्वजनिक गर्ने सम्भावना छ । अर्थतन्त्रको बाह्य क्षेत्र सुधार हुँदै गएकोले अब आन्तरिक अर्थतन्त्रलाई चलायमान गराउने गरी मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा आउने स्रोतको दावी छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares