असार १६ गतेदेखि तेह्रथुम पावर कम्पनीले हकप्रद निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: २९ जेठ २०८२
Image description

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १स्१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ।

यस निष्काशनमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर