प्रधानमन्त्री उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख

अर्थकागज
प्रकाशित: १९ असोज २०८१
Image description

काठमाडौँ — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको जनाएको छ ।शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोषमा बाढीपहिरोपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएकामा धन्यवाद दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर