नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदनको ओइरो, पर्ने सम्भावना न्यून बन्दै !

अर्थकागज
प्रकाशित: ११ फागुन २०८१
Image description

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आईपीओमा आवेदनको ओइरो लागेको छ । दोस्रो दिनसम्म ६.८२ गुणा बढी माग आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार ५ बजेसम्म कम्पनीको आइपीओमा ९ लाख ६५ हजार २२१ जनाको आवेदन दिएका छन् । लगानीकर्ताले आईपीओमा एक करोड २५ लाख ९६ हजार ५४० कित्ता बराबर एक अर्ब २५ करोड ९६ लाख ५४ हजार रुपैयाँको आवेदन दिएका हुन् ।

उक्त आइपिओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आइतबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको हो ।उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर