नबिल बैंकको नाफा ६ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड

अर्थकागज
प्रकाशित: ०६ माघ २०८०
Image description

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा गिरावट देखिएको छ ।

यस अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि १५.७२ प्रतिशतले बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा १.२० प्रतिशतबाट बढेर १.४६ प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ६२ पैसा रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर