फेसबुकमा स्टाटस लेखेर वडाध्यक्ष घिमिरेले गरे आत्महत्या

अर्थकागज
प्रकाशित: ०१ भदौ २०८०
Image description

काठमाडौं । सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेखेर गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् । मुसिकोट १ का वडाध्यक्ष घिमिरेले शनिबार बिहान फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरेको हुन् ।
घिमिरेले फेसबुकमा परिस्थितिको चपेटामा परेर बाच्नुको अर्थ नभएको स्टाटस लेखेका थिए । त्यसको साढे दुई घण्टापछि उनी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घिमिरेले फेसबुकमा लेखेका थिए- “परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रिय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे, घर परिवार, साथीभाइ, सुभचिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा ।”

प्रतिक्रियाहरू

सम्बन्धित खबर