खानी खोला हाइड्रोपावरको बिद्युत विक्रि आम्दानी घट्यो, २.६३ करोड घाटामा


काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी नोक्सानीमा देखिएको छ ।
असार मसान्तसम्ममा हाइड्रोपावरले बिद्युत बिक्रिबाट १३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी १४ करोड ११ हजार रुपैयाँ थियो।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड २८ लाख रुपैयाँ रहेको कम्पनी नोक्सानी समिक्षा अवधिमा बढेर २ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग ९ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ८१ पैसा रहेको छ।
Shares