नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात जेठ ६ गते बुकक्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागी हुन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको ९ औँ वार्षिक साधारण सभा जेठ १७ गते, बिहीबार, बिहान साढे ९ बजेदेखि अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा शुरु हुनेछ।
सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Shares