रिहा भए चर्चित सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल, अब सेयर बजारमा कस्तो असर पर्ला ?

अर्थकागज
प्रकाशित: १४ साउन २०८२
Image description

काठमाडौं । आपराधिक लाभ तथा ठगी कसुरमा पक्राउ परेका सेयर बजारका चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवाल आज रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले अग्रवाललाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएपछि रिहा भएका हुन् । अग्रवाललाई साउन ५ गते काठमाडौंको टोखाबाट प्रहरीले पक्राउ गरेको थिए ।

रिहा भएका अग्रवाललाई केही लगानीकर्ताहरु समूहले स्वागत गरेका थिए । सेयर बजारका चर्चित लगानीकर्ता अग्रवाल रिहा भएसँगै सामाजिक सञ्जाल फेसबुकमा लगानीकर्ताले विभिन्न आंकलन गर्न थालेका छन् । केही लगानीकर्ता फेसबुकमा लेख्छन्-'पक्राउ पर्दा बजार बढ्यो, रिहा हुँदा बजार घट्यो ।' आज नै  बजार ४७.९३ अंकले घटेको छ । केही लगानीकर्ता भने अब बजारको उकालो यात्रालाई कसैले रोक्न नसकिने बताउँछन् ।


प्रतिक्रियाहरू

Basanta

8 months ago

असर हिजोदेखि परिहाल्यो नि त्यस्का बाजे

Basanta

8 months ago

असर हिजोदेखि परिहाल्यो नि त्यस्का बाजे

सम्बन्धित खबर