नेपाल लाइफले किओचलाई बाल अस्पताल निर्माणका लागि सहयोग गर्यो १ करोड रुपैयाँ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सोही समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन्।
यता, काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच–काठमाडौँको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरूका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई कार्य आरम्भ भइसकेको छ ।
Shares