प्रभु बैंकको नाफामा ९६५ प्रतिशत छलाङ्ग

अर्थकागज
प्रकाशित: २८ साउन २०८२
Image description

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय उपलब्धि हासिल गरेको छ। बैंकले यस अवधिमा ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९६५.४० प्रतिशतले बढि हो । अघिल्लो आर्थिक बर्षमा बैंकले ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकका अनुसार, समिक्षा अवधिमा खुद ब्याज आम्दानी भने ३९.४६ प्रतिशतले घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँमा सीमित भए पनि सञ्चालन नाफा भने ९९.४४ प्रतिशत बढेर ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ पुगेको छ।असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख ८ हजार रुपैयाँ र लाभांश वितरण क्षमता ४.४४ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी २३.१२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ पुगेको बैंकले जनाएको छ।

२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँमा पुगेको छ।

यस अवधिमा बैंकले ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३० अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर