उदयपुरमा सवारी दुर्घटना१८ घाइते मध्ये २ गम्भिर

अर्थकागज
प्रकाशित: २८ असोज २०८०
Image description

उदयपुर । उदयपुर जिल्लाको उदयपुर गढी गाउँ पालिका वडा नं ७ स्थित अधेरी भन्ने ठाउँमा काठमाण्डौबाट झापा जाँदै गरेको माइक्रो हायस गाडी दुर्घटना भएको छ ।

दिउसो डेढ बजे भएको सो दूर्घटनामा घाइते भएका १८ जना मध्ये २ जनाको अवस्था गम्भिर भएकोले थप उपचारकालागि बिराटनगर पठाइएको छ ।

बाग्मती प्देश ०१ ००४ क २०७६ नं को हायस गाडीको पछाडि बाया तर्फको टायर खुस्किएर अनियन्त्रित भै दूर्घटना भउको जिल्ला प्रहरी कायाृल्य उदयपुरका सूचनना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले बताए ।

टायर खुस्किएर अनियन्त्रित भएको गाडी ५ मिटर तल खसेर सालको रुखमा ठोक्किएर दूर्घटना भएको र घाइतेहरुलाई उदयपुर जिल्ला अस्पताल गाईघाटमा भर्ना गरिएको सूचना अधिकारी चौधरीले बताए । ।

सो दूर्घटनामा परी घाइते हुनेमा सिन्धुलीको सुनकोशी ५ बस्ने वर्ष २३ को सागर ठकुरी अचेत अवस्थामा रहेकोले थप उपचारकालाथि बिराटनगर स्थित न्युरो अस्पताल रेफर गरिएको छ । अर्का पाँचथर जिल्ला फिदिम नपा ५ का ७२ वर्षिय बलबिर बि क लाई पनि थप उपचारकालागि बिराट नगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अन्य घाइतेहरुमा जिल्ला ईलाम सुर्यदय न।पा। ९ बस्ने बर्ष ४० की रेणुका गौतामको नाकमा चोट,अवस्था सामान्य रहेको छ ऐ।ऐ। बस्ने निजको छोरा बर्ष १५ को अनुपम आचार्य हात, अनुहारमा चोटअवस्था सामान्य , जिल्ला झापा शिवसतासि न।पा। १ बस्ने बर्ष ३० को निर्देश भट्टराईको दाहिने हात ,अनुहारमा चोट अवस्था बोल्न सक्ने ।, ऐ।ऐ। वस्ने निजको बहिनी बर्ष १४ की निकिता भट्टराईको हात खुट्टामा सामान्य चोट रहेको छ ।

यसैगरी जिल्ला सुनसरी बराह्रक्षेत्र न।पा। ५ बस्ने बर्ष ३९ को भिम कुमार खत्रीको दाहिने हात ,छातीमा चोट अवस्था बोल्न सक्ने ।,जिल्ला झापा मेची न।पा। १० धुलावारी बस्ने बर्ष ३९ की भारती कार्कीको दाहिने खुट्टामा चोट अवस्था बोल्न सक्ने ।, ऐ।ऐ। बस्ने निजको छोरा बर्ष १२ को संयम कार्कीको अनुहार,दाहिने हात खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।, जिल्ला मोरङ पथरी न।पा।वडा न। नखुलेको बस्ने निजको छोरा बर्ष १४ को निरज निरौलाको दाहिने खुट्टामा चोट ,अवस्था बोल्न सक्ने ।, जिल्ला ललितपुर गोदावारी न।पा।११ बस्ने बर्ष ४७ को बिजय तामाङको दुबै हात,दाहिने खुट्टामा चोटअवस्था बोल्न सक्ने । ,जिल्ला धनकुटा न।पा। ७ हुलाकटोल बस्ने बर्ष ४७ को रजित श्रेष्ठको बाया खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।,जिल्ला कन्चपुर भिमदत्त न।पा। १०बस्ने बर्ष ३४ को मुकेश चनको बाया हात ,खुट्टामा चोट ,अवस्था बोल्न सक्ने अवस्थामा रहेका छन् ।

अन्य घाइतेहरुमा जिल्ला झापा धुलाबारी बस्ने अं। बर्ष २७ की अन्जु पोख्रेलको बाया हात,खुट्टामा चोट,अवस्था बोल्न नसक्ने ।,जिल्ला धनकुटा सागुरीगढी गा।पा। ६ बस्ने बर्ष १८ को रोशन राईको दुबै खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।,जिल्ला सुनसरी धरान उ।प।न।पा। १७ बस्ने बर्ष ३० को बिनोद राईको अनुहारमा चोट,अबस्था सामान्य ।,जिल्ला सुनसरी झापा कंकाई न।पा। ४ बस्ने बर्ष ३४ को प्रनिश श्रेष्ठको दुबै खुट्टामा चोट,अवस्था बोल्न सक्ने । जिल्ला भक्तपुर सुर्यविनाय न।पा। वडा न। नखुलेको देवि दाहालको छोरी वर्ष ८ की आरध्या दाहाल खुट्टा र निधारमा सामान्य चोट रहेको अवस्थामा जिल्ला अीपता गाईघाटमा उपचार भैरहेको छ सूचना अधिकारी चौधरीले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर