लाभांश पारित गर्न सानिमा माई हाइड्रोले डाक्यो साधारणभा, मर्जरको प्रस्ताव
काठमाडौं । लाभांश सहितका प्रस्ताव पारित गर्न सानिमा माई हाइड्रोपावर कम्पनीले तेस्रो बार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको मंशिर २४ गते बसेको संचालक समिती बैठकले पौस २८ गतेका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । कम्पनीको साधारणसभा पौस २८ बिहान ११ बजेदेखि सेलिब्रेसन हाईट बसुन्धरा काठमांडौमा सुरु हुनेछ ।
सभाले कम्पनीले गत आर्थिक बर्षबाट प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले समान उद्देश्य भएका कम्पनीसंग मर्जर वा गाभ्ने गाभीने सम्बन्धी सम्पुर्ण कार्य गर्ने अधिकार संचालक समितीलाई दिने प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ९ गते बुकक्लोज गर्नेछ त्यसैले पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।
Shares