सागर डिष्टिलरी आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थकागज
प्रकाशित: २५ साउन २०८०
Image description

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सागर डिष्टिलरी लिमिटेडले कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुने ७,५०,००० लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । सर्वसाधारण जनताको सहभागिता बढाउनको लागि १५ प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष जलानले जानकारी दिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर