एनएलजी इन्स्योरेन्सको बार्षिक साधारणसभाबाट ७.३६८४ प्रतिशत लाभांश पारित, शाह र डा. थापा पुन : संचालक समितिमा निर्वाचित
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं बार्षिक साधारणभा आज सिल्भर ओक ब्याङ्केट एण्ड ईभेन्ट्स सेन्टर गौहिधारा, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ ।
कम्पनीका संचालक समितिको अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न सभाले ७.३६८४ प्रतिशत लाभांश पारित गरेको छ । जसमा ४ प्रतिशत बोनस सेयर, ३ प्रतिशत नगद र ०.३६८४ प्रतिशत नगद कर प्रयोजनको लागि रहेको छ । सभाबाट सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुको समूह ख बाट प्रतिनिधित्व संचालकहरुमा पुन : शालिनी राणा शाह र डा. भरत कुमार थापा संचालक समितिमा निर्वाचित भएका छन् ।
सभाबाट आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाबाट लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८२ साल आषाढ मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धी अनुसूचिहरु छलफल गरी पारित गरेको छ । सभाले कम्पनीको ऐन २०६३ को दफा ११ अनुसार आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिकसमेत तोकिएको छ । त्यसै गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायेजन गर्न संचालक समितिलाई अख्तियारी समेत दिएको छ । सभामा बोल्ने सेयरधनीहरुले कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तको कार्यको खुलेर प्रशंसा गरेका थिए ।
Shares