यि हुन् एनएमबि बैंकका १६ ठूला सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुने ठूला सेयरधनीमा विभिन्न कम्पनी र व्यक्तिहरु गरी १६ रहेका छन् । यस बैंकमा सवै भन्दा धेरै सेयर स्वामित्व एफ एम ओ नेदरल्याण्डको २ करोड ५१ लख ४७ हजार १४२ कित्ता अर्थात १३.६९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन अनुसार कर्मचारी संचय कोषको १ करोड १ लाख ५० हजार ७२९ कित्ता अर्थात ५.५३ प्रतिशत, यंग लियन रियल्टी एस.डी.एन.वि.एच.डी मलेसियाको ७७ लाख ४२ हजार २७० कित्ता अर्थात ४.२२ प्रतिशत, गाईत्री इनभेष्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि.को ३३ हजार ५१ हजार ६०२ कित्ता अर्थात १.८२ प्रतिशत, नन्द किशोर राठीको ३० लाख ९३ हजार ३२० कित्ता अर्थात १.६८ प्रतिशत, धनन्जय प्रसाद आचार्यको २८ लाख ६ हजार १६१ कित्ता अर्थात १.५३ प्रतिशत, सुनिल कुमार गोशालीको १९ लाख १ हजार ९८७ कित्ता अर्थात १.०४ प्रतिशत, सुशिल कुमार गोशालीको १७ लाख ५० हजार ३१६ कित्ता अर्थात ०.९४ प्रतिशत, पवन कुमार गोल्याणको १६ लाख ९६ हजार ७३२ कित्ता अर्थात ०.९२ प्रतिशत, पशुपति मरारकाको १० लाख ७२ हजार २६३ कित्ता अर्थात ०.५८ प्रतिशत लगायतको सेयर स्वामित्व रहेको छ । एनएमबि बैंकको ठूला सेयरधनीहरुमा अरु तल यस प्रकारका रहेका छन् ।
०.५ प्रतिशत भन्दा धेरै सेयरधनीहरु
Shares