हिमालयन डिष्टिलरीे नाफामा ४६ प्रतिशतको गिरावट, ईपिएस १३ रुपैयाँ
काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ ।
समिक्षा अवधिमा कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४६.५५ प्रतिशतले कम हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीले मदिरा बिक्रीमार्फत ४ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २६.५२ प्रतिशतले कम हो । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले मदिरा बिक्रिबाट ५ अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३०.३९ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी २७.१८ प्रतिशत र सञ्चालन मुनाफा ४४.११ प्रतिशत घटेको छ।
२ अर्ब ६७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६७ करोड ८ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९८ पैसा घटेर १३ रुपैयाँ २१ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ १० पैसा रहेको छ।
Shares