राधी विद्युत कम्पनीको साधारणसभा स्थगित, संचालक घरमा सुतेर बसे, सेयरधनीले पाए दुख !

अर्थकागज
प्रकाशित: २१ पुस २०८२
Image description

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आज विहान ८ बजे विहान ललितपुरको चापागाउँ स्थित हिमशिखर पार्टी भेन्युमा साधारणसभा बोलाएको थियो । पुष महिनाको यस्तो जाडोमा सेयरधनीहरु विहानै साधारणसभाहलमा पुगेका थिए । सेयरधनीहरुको उपस्थिति राम्रै भएको थियो । कम्पनीले उपस्थिती हुन साथ प्याकेट खाजाको व्यवस्था गरेको थियो । सभा स्थानमा सेयरधनी र कम्पनीको कर्मचारीहरुको उपस्थिति मात्र रहेको थियो । संचालकहरुको भने उपस्थिति देखिएन । सभा संचालकले ८ बजे सभा संचालक गरे । तर, संचालकहरुलाई अगाडि बोलाईएन । सभा संचालकले १० मिनेटको लागि सभा पछि सारे । तर संचालकहरु सभामा आएनन् । संचालकहरु बस्ने सोफाहरुले संचालकहरुलाइ खोजिरहेको थियो । तर, संचालकहरु आएनन् । कार्यक्रम संचालकले थप ५ मिनेट सभा पछि सारे । सभामा न त संचालकहरु आए न सभा संचालनको लागि गणपुरक संख्या नै पुग्यो । ५ मिनेटपछि सभा संचालकले गणपुरक संख्या नपुगेका कारण सभा अर्काे सुचना नआएसम्म स्थगित भएको सुनाए । www.arthakagaj.com ले संचालकहरु खोइ भन्दा-'घरमा सुतेर बसिरहेका होलन नी' एक जना कर्मचारीले सुनाए । 

संचालकहरुबीच विवाद

पछिल्ला समय राधी विद्युत कम्पनी लिमिटेडमा संचालकहरुबीच विवाद चुलिदै गएको छ । यस कम्पनी कुनै समयको नेशनल हाइड्रोपावरको बाटो तर्फ अगाडि बढिरहेको छ । कम्पनीको संचालकहरुलाई ठूला प्रोमोटरहरुले नपत्याउनु, सेयरधनीहरुलाई लाभांश दिने गरी काम गर्नु नसक्नु, कम्पनीको लगानी गर्ने अन्य आयोजनमा ठूला कमिसनको खेलमा संचालकहरु लाग्नुले यति बेला राधी विद्युत कम्पनीको अवस्था दिन प्रतिदिन खस्कदै गएको देखिन्छ । कम्पनीमा आफ्नो आफ्नतलाई संचालक र कर्मचारी भर्तिमा समेत संचालहरुबीच विवाद हुँदै आएको छ । त्यति मात्र नभई आयोजन बनाउने क्रममा हुने आर्थिक लाभ जस्तै सिमेन्ट, फलामे डण्डी, टर्बान खिरिद, ठेक्का पट्टामा हुने कमिसनले यति बेला संचालकहरु विवाद चुलिदै आईरहेको छ ।

संचालक र व्यवस्थापनको बदमासी

कम्पनीभित्र संचालकहरुको मात्र होइन व्यवस्थापनको पनि बदमासी देखिएको छ । कम्पनीको बार्षिक प्रतिवेदनमा साधारणसभा सुचना समेत राखिएको छैन् । किन कि संचालकहरुको यो ठूला सेयरधनीहरुले सेयर प्रोक्सी नदिएपनि साधारण स्थगित हुने पुन बोलाउनु पर्ने थाहा भएकाले सुचना राखिएको छैन् । साधारणसभा स्थगित हुने भएपछि संचालकहरुले व्यवस्थापनले विहान ८ बजे ललितपुरको कुनामा साधारणसभा बोलाएर सर्वधारण सेयरधनीहरुलाई दुख दिएको प्रष्ट हुन्छ । जेनजी सेयरधनीहरुले यसको खुलेर विरोध समेत गरेका छन् । संचालकहरु घरमा सुतेर बस्ने, सेयरधनीहरुलाई चाही विहानै बोलाएर दुख दिने भन्दै जेनजी सेयरधनीहरुले संचालक र व्यवस्थापनमाथि आक्रोस समेत पोखेका छन् ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर