आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा उछाल, ईपिएस २०.५८ रुपैयाँ

अर्थकागज
प्रकाशित: २६ वैशाख २०८१
Image description

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

यस अवधिमा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ७८.४२ प्रतिशतले बढि हो । त्यस्तै कर्जा तथा लगानीबाट हुने आम्दानी बढेर ४९ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

३ अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ५८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ९२ पैसा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर