लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड २ को प्रतिफल घोषणा

अर्थकागज
प्रकाशित: १५ साउन २०८१
Image description

काठमाडौं। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड र लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ।

लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” नामक बन्दमुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न

भई योजना व्यवस्थापकको मिति २०८१-०४-१४ गते बसेको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष २०८०-८१ को लागि “लक्ष्मी उन्नती कोष” का इकाईधनीहरुलाई कर सहित ७.५ प्रतिशत प्रतिफल र “लक्ष्मी भ्यालु फण्ड २” का इकाईधनीहरुलाई कर सहित ४.५५ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। साथै “शुभ लक्ष्मी कोष” नामक खुलामुखी योजनाको आर्थिक २०८०-८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको मिति २०८१-०४-१४ गते बसेको संचालक समितिको १४४औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

“शुभ लक्ष्मी कोष” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ ।

प्रतिक्रियाहरू

DP Pandey

2 years ago

4.5%k ho yasto.sanchalak haru active chhain ya janatako paisa ma wasta chhain

सम्बन्धित खबर