युनाईटेड मोदीले १०० प्रतिशत हकप्रद जारी गर्ने

प्रकाशित:
१४ मंसिर २०८०

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । बुधबार बसेको संचालक समितिको बैठकले युनाईटेड मोदीले चुक्ता पुँजीको १ : १ को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।
नयाँ जलविद्युत अयोजनामा लगानी गर्न कम्पनीले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । उक्त अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव नियमनकारी निकायबाट स्वीकृती प्राप्त भए पश्चात कम्पनीको आगामी साधारण सभामा पेश गर्ने निर्णय बैठकले गरेको छ ।
कम्पनील निर्माणधिन ५० मेगावाट क्षमताको युनाईटेड मेवा हाइड्रोपावर लिमिटेडमा ६७ करोड ५० लाख रुपैयाँ लगानी गरिसकेको छ । निर्माणधिन युनाईटेड मेवा हाइड्रोपावर आयोजना अबको १८ महिनामा निर्माण सम्पन्न गरी उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्ने उदेश्यको साथ काम तिव्र गतिमा भैरहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares