यि हुन् सानिमा जिआईसी इन्स्योरेन्सको ठूला १७ सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: ०५ जेठ २०८३
Image description

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुनेमा व्यक्ति गरी कम्पनी गरी १७ वटा रहेका छन् । जसमा सबै भन्दा धरै सानिमा लिमिटेडको रहेको छ । सानिमा लिमिटेडको ४.०१ प्रतिशत अर्थात ८ लाख ६१ हजार ५३६ कित्ता सेयर रहेको छ ।

त्यसै गरी जीवनाथ लामिछानेको ३.७३ प्रतिशत अर्थात ८ लाख १ हजार ८६५ कित्ता रहेको छ । त्यसै गरी बिनय कुमार श्रेष्ठको १.०५ प्रतिशत अर्थात २ लाख २६ हजार ५३३ कित्ता, सानिमा बैंक लिमिटेडको ३.६४ प्रतिशत अर्थात ७ लाख ८३ हजार २१३ कित्ता, मोतिलाल दुगरको २.५५ प्रतिशत अर्थात ५ लाख ४८ हजार २५० कित्ता, कुमारी बैंक लिमिटेडको १.९१ प्रतिशत अर्थात ४ लाख ११ हजार ७० कित्ता रहेको छ । यस कम्पनीमा ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड लगायतको १ वा एक प्रतिशत भन्दा धेरै सेयर स्वामित्व रहेको छ ।

१ वा १ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व भएका व्यक्त वा कम्पनीहरु


प्रतिक्रियाहरू

सम्बन्धित खबर